काठमाडौं । मिलिनियम डलर राउन्ड टेबल २०२२ अष्ट्रेलियाको सिड्नीमा यही अगस्ट महिनाको २८ देखि ३१ तारिखमा हुन गइरहेको एमडीआरटी मिटिङ २०२२ अष्ट्रेलियाको सिडनीका लागि छनोट हुन सफल भएका रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरू नमिता न्यौपाने र बिना कुमारी न्यौपानेलाई बुधबार एक समारोहका बीच कम्पनीको केन्द्रीय कार्यालयमा स्वागत गरी बिदाई गरेको छ । मिलिनियम डलर राउन्ड टेबलमा छनोट हुनको लागि जीवन बीमा कम्पनीका अभिकर्ताहरूले एक निश्चित स्तरको प्रिमियम, कमिसनको लेवल वा वर्षको आम्दानीको सीमा क्रस गर्नुपर्ने हुन्छ । यति मात्र होइन यस कार्यक्रमको लागि छनोट हुन विशेष नियमहरू कडाइका साथ पालना गरी व्यायसायिक उत्कृष्टता प्रदान गरेको समेत हुनुपर्दछ ।
मिलिनियम डलर राउन्ड टेवल २०२२ अष्ट्रेलियाको सिड्नीका लागि नेपालबाट रिलायन्स लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गरी दुई जनाले भाग लिनेछन् भने दुई जना रिलायन्स लाइफ इन्स्योरेन्सका अभिकर्ताहरू छनोट हुन सफल भएका हुन् । रिलायन्सले आफ्नो सेवा यात्राको पाँचौँ वर्षमा यति ठूलो सफलता प्राप्त गरी आफ्ना अभिकर्ताहरूलाई मिलिनियम डलर राउन्ड टेबल २०२२ को सम्मेलनमा पाउँदा कम्पनी आफ्ना समस्त बीमितहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छ र बीमितको इच्छाअुुसारको विभिन्न बीमा योजनाहरू समयसँगै सार्वजनिक गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ । जीवन बीमा अनिवार्य छ तपाईँ र तपाईँको भविष्य सुरक्षितको लागि भन्दै बीमा अवश्य गरौँ भन्ने सन्देश पनि दिन चाहन्छ, कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।