काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेष्टिवल डिलाइट २०७८’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।
सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले तीन लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एक जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका थियो । यस अफरको विजेताको घोषणा बिहीबार हिमालयन टिभीमा लाइभ लक्की ड्रमार्फत गरिएको हो ।
सो कार्यक्रमको मुख्य अतिथिमा कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् । अफरअनुरुप बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्राचार्यले हुन्डाई आई२० जितेका छन् ।
यो योजना २०७८ भदौ २४ देखि कार्तिक ३० सम्म लागू गरिएको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको लागि विभिन्न नौलो योजना ल्याउने गरेको छ ।