काठमाडौं । कुमारी बैंक लिमिटेड र वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरूमा कुमारी बैंकका डेबिट, क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सो सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकवर्गले वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्नलगायत शारीरिक स्फूर्ति एवं मानसिक ऊर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत द बर्गर हाउसका विभिन्न सेवाहरूमा बैंकका डेबिट, क्रेडिट कार्डवाहकहरूलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।
बैंकले आफ्ना देशव्यापी एक सय ९७ वटा शाखा सञ्जाल, एक सय ९१ वटा एटीएम, ४९ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।