काठमाडौं । विनर लिकर (पर्नोड रिचार्ड इन्डियासँगको एक संयुक्त उद्यम) ले एसपीजी ट्रेडिङलाई रोयल स्ट्यागको लागि नेपाली वितरक साझेदारको रूपमा नियुक्त गरेको छ ।
एसपीजी ट्रेडिङका निर्देशक गौरव सारडा नेपालमा पर्नोड रिचार्डका आयातित ब्रान्डका आधिकारिक आयातकर्ता हुन् । उनी अब रोयल स्ट्याग र भविष्यका सिग्रामका ब्राण्डहरू (पर्नोड रिचार्डको घरेलु पोर्टफोलियो)जुन विनर लिकर्सले नेपालमा उत्पादन गर्छ, सोका लागि राष्ट्रिय वितरकका रूपमा नियुक्त भएका छन् । विनर लिकर उद्योग प्रालि, पर्नोड रिचार्ड इन्डिया, विश्वको अग्रणी अल्कोवेभ कम्पनीसँगको एक संयुक्त उद्यम हो ।
विनर लिकर्सका अध्यक्ष रोहित कोहलीले विनर लिकर र एसपीजी ट्रेडिङको यो गठबन्धनले अन्तर्राष्ट्रिय र घरेलु ब्रान्डहरूको सम्पूर्ण पर्नोड रिचार्ड पोर्टफोलियोलाई थप ऊर्जा दिने बताए । यसले दुवै कम्पनी र पर्नोड रिचार्डलाई एक उच्च श्रेणीको पदमा राख्ने उनको भनाई छ । सारडा ग्रुपसँगको कम्पनीको असोसिएसनले रोयल स्ट्याग र भविष्यका ब्रान्डहरुका लागि पनि नयाँ कोसेढुङ्गा ल्याउने उनको भनाइ छ ।
एसपीजीका अध्यक्ष गौरव सारडाले एसपीजी ट्रेडिङ, विनर मदिरा उद्योग प्रालिसँग हात मिलाउन पाउँदा र सँगसँगै सीग्राम ब्रान्डको रेन्ज जस्तै रोयल स्ट्याग जस्तालाई नेपालमा उपभोक्ताहरुमाझ पु-याउन र वितरण गर्न उत्साहित रहेको बताए । अगस्ट २०१९ मा स्थापित, विनर लिकर उद्योग पर्नोड रिचार्ड (सीग्राम) ब्रान्डहरूको एकमात्र निर्माता र वितरक हो । उत्पादनहरू उच्चतम प्रोटोकल र डिस्टिलरी उद्योगको अन्तर्राष्ट्रिय फोरमहरूद्वारा निर्धारित मापदण्ड अन्तर्गत उत्पादन गरिन्छ ।