काठमाडौं । सेयरबजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ३३ दशमलव ३६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने तीन दशमलव ७६ अंकले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव दुई बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७६ अंकले उकालो लागेर तीन सय ८७ दशमलव ४६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २२ वटा कम्पनीहरुको किनबेच भएको छ । जसबाट २६ हजार ४६ पकको कारोबारमा ३४ लाख ४० हजार नौं सय कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा एक अर्ब २६ करोड ६५ लाख १९ हजार एक सय ५० रुपैंयाँको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँकी नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।