काठमाडौं,सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ७६ बिन्दुले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि दुई दशमलव ३३ अंकले उकालो लागेर १९ सय ९५ दशमलव ३४ बिन्दुमा कायम रहेको छ ।
आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २० हजार आठ सय ५८ पटकको कारोबारमा २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर खरिद बिक्री भएका छन् ।
सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब एक करोड ९५ लाख १६ हजार छ सय ९६ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने छ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।