काठमाडौं । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा स्वच्छ जीवनशैलीको लागि सँगसगै भन्ने नारासहित पहिलो पटक ‘एमबान ‘एमबान स्पोर्ट्स मिट २०२२’ आयोजना हुने मिट २०२२’ आयोजना हुने भएको छ । संघका अनुसार यसअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछ । उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरू साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरू समेत सहभागी हुन गइरहेका छन् । उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिन्टनलाई विभिन्न विधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला विधामा टेबल टेनिस र ब्याटमिन्टनका प्रतिस्पर्धाहरू हुनेछ भने पुरुष विधामा फुटसल प्रतिस्पर्धा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरूको अधीनमा रही सञ्चालन हुनेछन् । सो कार्यक्रमको उद्घाटनसहित टेबल टेनिस र ब्याटमिन्टनका प्रतिस्पर्धाहरू यही मिति २०७९ भदौ १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिस्पर्धाहरू प्रतियोगिता समापनसहित मिति २०७९ भदौ २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हबमा आयोजना हुनेछन् ।