काठमाण्डौं,फागुन १५
डिशहोमले भरपुर मनोरञ्जनले भरिएको भोजपुरी च्यानल सञ्चालनमा ल्याएको छ । विगत लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहनालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ । डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुने रमाइलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागि राइम्स र जुनियर टिभी, घरमा नै बसेर नयाँ–नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रसारण हुने प्लस मुभीजस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकोमा भोजपुरी भाषाको मनोरञ्जनात्मक ‘भोजपुरी म्याजिक’ नामक च्यानल पनि सुरु गरेको छ ।
भोजपुरी चलचित्र र गीतहरु प्रसारण हुने यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिनेछ । साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रसारण गरिनेछ । यसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ । आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागि भिन्न खालका सामग्री प्रसारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।