काठमाडौं । नेपालका लागि महिन्द्रा फोरह्विलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति दमकमा टुएस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको थ्रिएस शोरुममा अब महिन्द्रा गाडीको लागि टुएस सर्भिस सेन्टर पनि थपिएको हो ।
यस टुएस सर्भिस सेन्टरको उद्घाटन बिहीबार दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठु, कम्पनीका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ र कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले सामूहिक रुपमा गरेका थिए । अग्नि ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको जनाएको छ ।