काठमाण्डौँ,फागुन १५ मिर्मिरे लघुुवित्त वित्तीय संस्था र नागवेली लघुुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । काभ्रेको बनेपामा रहेको मिर्भिरे लघुुवित्त र झापाको बिर्तामोडमा रहेको नागवेली लघुुवित्त वित्तीय संस्थाले प्राप्तिसम्बन्धी प्रकृयाको लागि सम्झौता गरेका हुुन् । यही फागुन १३ गते भएको सम्झौताअनुुसार दुुवै संस्थाहरूले प्राप्तिसम्बन्धी सम्पूर्ण प्रकृयाहरू पूरा गरेर एकीकृत कारोबार सञ्चालन गर्नेछन् ।