काठमाडौं । सिद्धार्थ बैंकले ‘एक्सिलेन्स इन प्रिपेड काड्र्स बिजनेस २०२२’ अवार्ड पाएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममार्फत बैंकले उक्त अवार्ड पाएको हो ।
भिसाअन्तर्गत रहेका नेपालका बैंकहरूमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको बैंकले जानकारी दिएको छ । यसअघि पनि बैंकले भिसाले ग्राहकको आवश्यकताअनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई प्रभावकारी बनाएको आधारमा एक्सिलेन्स इन ड्राइभिङ इनोभेसन अवार्ड प्राप्त गरिसकेको छ ।