काठमाडौं । होण्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दशैँको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपनमार्फत सात लाख रुपैयाँसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन् । साथै सात प्रदेशबाट एक–एक जना गरी सात जनाले सात लाख रुपैयाँ, बम्परमा लक्की ड्रमार्फत १५ लाख रुपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै इजी फाइनान्सको पनि सुविधा छ ।
यो योजना सोमबारबाट सुरु भएको र सीमित अवधिसम्म मात्रै लागू हुने बताइएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने कम्पनीले विश्वास लिएको जनाएको छ ।