काठमाडौं । कोरियन संस्कृति र मौलिकतालाई झल्काउने कोरियन पोशाक, चित्रकलासहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्किँदै कोरियन बार्बी क्यु रेष्टुरेन्ट जावलाखेलमा सञ्चालनमा आएको छ ।
लामो समय कोरियामा कार्यरत प्रेम गुरुङले नेपालमा पनि कोरियन खानाको स्वाद पस्किन यस रेष्टुरेन्टको स्थापना गरेको जानकारी दिए । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बुधबार एक कार्यक्रमका बीच रेष्टुरेन्टको शुभारम्भ गरेका हुन् ।
यस रेष्टुरेन्टले सम्पूर्ण मौलिक कोरियन खानाहरू उपलब्ध गराउने जनाएको छ । कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपालीसामु चिनाउने लक्ष्यका साथ यस रेष्टुरेन्ट खोलिएको हो । बजारमा सञ्चालन भइरहेका कोरियन रेष्टुरेन्टहरूभन्दा यस रेष्टुरेन्टको खाना र सेवा भिन्न तथा गुणस्तरीय रहेको सञ्चालकको दाबी छ ।