काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार बजार परिसुचक ११ दशमलव ४६ अंकले ओरालो लागेर १९ सय २६ दशमलव २८ बिन्दुमा खुम्चिएको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव एक अंकले ओरालो लागेर तीन सय ७४ दशमलव ७३ बिन्दुमा झरेको छ । यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर खरिद–बिक्री भएका छन् । जसबाट २० हजार एक सय २४ पटकको कारोबारमा २५ लाख २४ हजार दुई सय २४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल कारोबार रकम ७४ करोड ७२ लाख २६ हजार छ सय २५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये अन्य उपसमुहको सुचक चार दशमलव सात अंकले उकालो लागेर १४ सय दुई दशमलव ९१ बिन्दुमा चढेको छ भने बाँकी उपसमुहको सुुचक ओरालो लागेका छन् ।