काठमाडौं । नमस्ते पेले दशैं, तिहार तथा छठ पर्वलाई समेट्ने गरी फेस्टिभ क्याम्पेन ल्याएको छ । यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरुमा अफर पाउने कम्पनीले जनाएको छ ।
यस अभियानमा बम्पर अफरअन्तर्गत सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यासव्याक प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरूले जति धेरै ट्रान्जेक्सन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत क्यासव्याक पाउने मौका हुने कम्पनीको भनाइ छ ।
त्यसैगरी नमस्ते पेमार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पेले तिरिदिने अफर रहेको छ । यस्तै उडान टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले एक हजार क्यासव्याक पाउनेछन् ।