रुपन्देही । नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को एक अंशको रुपमा नेपाल उद्योग परिसंघले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ समेत सञ्चालन गरेको थियो ।
इन्फ्रास्ट्रक्चर आइडिया हन्टका २०२२ का तीन विजेता आइडियाहरू कपिल अधिकारीको ट्राफिक ट्रयाकिङ, सौरभ सिंह चौधरीको राइस ट्रान्सप्लान्टर र जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिनले जनही १.५ लाख, एक लाख र ५० हजार पुरस्कार प्राप्त गरेका थिए । हाल पूर्वाधार क्षेत्रमा रहेको पूर्वाधारका समस्याहरुलाई सम्बोधन गर्ने उद्देश्यका साथ इन्फ्रास्ट्रक्चर आइडिया हन्टले नवीनतम सोच भएका आइडिया हरुलाई प्रोत्साहन र अवसर प्रदान गरेको हो ।