काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५७ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पुन १४ दशमलव एक अंकले घटेर १९ सय १० दशमलव ३८ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २३ अंकले घटेर तीन सय ७१ दशमलव ९० बिन्दुमा झरेको छ ।
नेप्सेमा १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १८ हजार पाँच सय ३१ पटकको कारोबारमा २९ लाख १६ हजार दुई सय ७१ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुमहरु मध्ये सामुहिक लगानी उपसमुहको सुचक बढेर बाँकी रहेका १२ वटा उपसमुहरुको सुचक उच्च अंकले घटेका छन् ।