काठमाण्डौं,फागुन १६
बैंक अफ काठमाण्डू लिमिटेडको बीओके स्मार्टको टप अपमा २५ प्रतिशत नगद फिर्ता हुुने भएको छ । बैंकले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरूको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बीओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहक महानुभावहरूले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो ।
ग्राहकहरूले नगद फिर्ता योजनाको सदुपयोगको लागि बीओके स्मार्टबाट गरिने पहिलो कारोबारअन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्नेछ । बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानीमै आम्दानी भन्ने मूल नाराका साथ सार्वजनिक गरेको उक्त योजना सीमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरूलाई अनुरोध गरेको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।