काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसरमा आइतबार (असोज २)बाट लागू हुने गरी नयाँ दुई विशेष अफर सञ्चालन ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्छन् ।
यी प्याकहरु आइतबारदेखि मंगलबार अर्थात् असोज २ देखि ४ गतेसम्म तीन दिनका लागि मात्र सञ्चालनमा रहने कम्पनीले जनाएको छ । ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित ५९ रुपैयाँ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् । एनसेलबाहेक अन्य सेवाप्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र ९५ रुपैयाँमा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् ।
यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि तीन दिनको हुन्छ । संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।