काठमाडौं । नबिल बैंकले ‘दशैँ तिहार घर कर्जा धमाका’ कर्जा योजना सुरु गरेको छ । बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘दशैँ तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याइएको जानकारी दिएको छ ।
बैंकका अनुसार योजनाअन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याइएको हो । आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गराइनेछ । पहिलो घर खरिदकर्ताका लागि घरको मुल्यांकन ७० प्रतिशतसम्म कर्जा लिनसक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको बैंकको भनाइ छ । ३५ वर्षसम्मकोे कर्जा अवधि सुविधा भएको आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा रहेको बैंकले जनाएको छ ।