काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार बजार परिसुचक ३८ दशमलव ८१ अंकले ओरालो लागेर १८ सय ३७ दशमलव ६० बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात अंकले ओरालो लागेर तीन सय ५८ दशमलव ८७ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुमहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३० हजार एक सय ३५ पटकको कारोबारमा ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोबार रकम एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।