काठमाडौं । नेपाल सरकार (माननीय मन्त्रीस्तर)को निर्णयानुसार कृषि विकास बैंक लिमिटेडको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा सुमन दाहाल मनोनयन भएका छन् । नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघीयता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य दाहाललाई बैंक सञ्चालक समिति बैठक नं. ९८३ का अध्यक्ष डा. राजेन्द्र प्रसाद मिश्रले शपथग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक लि.का सञ्चालक सदस्यहरू डा. इन्दिरा श्रेष्ठ (मास्के), सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरागाई, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति रहेको थियो ।