काठमाडौं, फागुन १८
सिद्धार्थ बैंकले बिहीबार स्याङ्जाको वालिङ र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखा विस्तारपश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ८२ (तीन वटा एक्स्टेन्सन काउन्टरसहित) पुगेको छ । बैंकले एक सय एकवटा शाखारहित बैंकिङ सेवा, दुुई सय चार वटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।