काठमाडौं, फागुन १८
सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालि फ्युुचर वल्र्डबीच एप्पल प्रोडक्टका आइफोन, आइप्याड, म्याक बुुक तथा अन्य सामानमा सानिमा बैंकका ग्राहकहरूलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौँको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वल्र्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा छ हजार रूपैयाँसम्म नगद तथा सात हजार रूपैयाँसम्मका सामानहरू प्राप्त गर्न सक्नुहुनेछ ।
साथै बैंकका ग्राहकहरूले सानिमा बैंकको क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्नुहुनेछ । सम्झौतामा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालिको तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका छन् ।