काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । यसअघि ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १५ दशमलव ९२ अंकले उकालो लागेर १८ सय ३१ दशमलव पाँच बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५४ अंकले उकालो लागेर तीन सय ५८ दशमलव १४ अंकमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय २९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १६ हजार आठ सय २३ पटकको कारोबारमा २१ लाख सात हजार सात सय ४२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ६६ करोड ३० लाख १३ हजार रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहको सुचक उकालो लागेका छन् ।