काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरबार बैंक्वेटमा सम्पन्न भएको छ ।
उक्त सभामा प्रस्तुत सानिमा जनरल इन्स्योरेन्स लि. र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. एक–आपसमा गाभ्ने/गाभिनेसम्बन्धी निर्णय तथा कम्पनीको चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिकको अनुमोदन गर्नुका साथै मर्जरसम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।