काठमाडौं नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभूति गर्ने सम्झौैता भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात)ले हुने एक अर्ब २० कारोड रुपैयाँको एक करोड २० लाख कित्ता हकप्रद सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सोसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेका हुन् ।