काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र कुमारी बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार दुवै बैंकले यही असोज १० गते एक–आपसमा गाम्ने तथा गाभिनेसम्बन्धी सम्झौता गरेपछि यही असोज ११ गते मंगलबारबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको हो । नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी नियमावली २०७३ को विनियम ६ (१) बमोजिम दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको हो ।