काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले विजयादशमीको पहिलो दिन अर्थात् घटस्थापनाको पावन अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ ।
लुम्बिनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दघाटमा फुटप्रिन्ट अटो हब प्रालि, बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रालि र जिल्ला उद्योग वाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल ट्रेडिङ्ग गरी तीन शोरुम एकै दिन उद्घाटन गरिएको हो ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर एक सय ४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाएको छ ।