विराटनगर । दशैँको विदाइसँगै मुलुक चुनावमय हुँदै गर्दा प्रदेश १ को राजधानीभित्रै बन्दप्रायः अवैध हुण्डीको कारोबार फेरि बढेको छ । विराटनगरमा केही वर्ष अगाडि हुण्डीको कारोबारी भनिएका अनुपचन्द्र सेठिया र उनका भतिज ललित सेठिया पक्राउ गरी मुद्दा चलाएपछि हुण्डी बन्दजस्तो अवस्थामा पुगेको थियो ।
तर अहिले दशैँ र चुनावको कारण प्रशासनिक निकाय समेत चुनाव केन्द्रित बन्न थालेपछि पुनः केही समयदेखि विराटनगरमा हुण्डी बढ्न थालेको हो । प्रदेश १ को राजधानीमै नेपाल सरकारबाट अवैध भनी प्रतिबन्ध लगाइएको हुण्डी व्यापारमा पछिल्लो समय सानादेखि ठूला व्यावसायिक घरानाका प्रतिष्ठित व्यक्ति समेत संलग्न भएका हुन् । अहिले बजारमा पुराना हुण्डीका कारोबारी विस्तारै पलायन भएका छन् । तर उनीहरुको पलायनसँगै हुण्डीको कारोबारमा नयाँ नयाँ अनुहार समेत थपिएका छन् । विराटनगरमा जुट उद्योगलाई आवश्यक पर्ने जुटको कारोबारमा बिचौलियाको काम गर्दै आएको ओम दुगडको समूह अहिले हुण्डीको कारोबारमा सक्रिय भएको खुुलेको छ ।
विशेषगरी गोल्छा समूहद्वारा सञ्चालित अरिहन्त जुट मिल र रघुपति जुट मिल्समा हुुने गरेको भारतीय जुट व्यापारीको कारोबारमा बिचौलियाको काम गर्दै आएको ओम दुुगड समूहले डरलाग्दो रुपमा हुुण्डीको कारोबार गर्ने गरेको दाबी समाचार स्रोतको छ । गोल्छा समूहद्वारा भारतीय जुुटको कारोबारीलाई गर्ने भुुक्तानीमा यो दुुगड समूहले आफ्नो वर्चस्व राखी कारोबारीको भुक्तानी पुुर्जी समेतको खरिदबिक्री पनि गर्ने गरेको रहस्य अहिले आएर खुुलेको छ । सोही पुुर्जीको भुुक्तानीपश्चात् अधिकांश पैैसा हुण्डीको माध्यमबाट भारतका विभिन्न सहरमा भारतीय जुटका कारोबारीलाई पठाउने काममा यो दुुगड समूह सक्रिय हुुने गरेको कुरा थाहा भएको हो ।
विगतमा विराटनगरबाट समय अनुकूल चाइनिज सामानको आयात गरेर सामान्य व्यापार गर्दै आएको विराटनगरको ओम दुगडको समूह आयात व्यापारलाई पन्छाउँदै अहिले हुण्डीको कारोबारमा सक्रिय भएको दाबी पनि स्रोतले गरेको छ । आयात व्यापारबाट अपेक्षित मुनाफा हुन नसकेपछि यो दुगड समूहले राम्रो कमाइएको स्रोत हुण्डीमार्फत पछिल्लो समय विराटनगरमा आफ्नो हुण्डीको सञ्जाल नै बनाएको दाबी समेत गर्न थालिएको छ । ओम दुगडसँगै उनका छोरा दर्शन दुगड र योगेश दुुगडले पछिल्लो समय हुण्डीको कारोबारमा साथ दिएपछि यो समूह पछिल्लो समय अग्रपंक्तिमा रहेको दाबी समेत व्यवसायी स्रोतले गरेको छ । यो समूहले विराटनगरको मेनरोडमा नै निर्बाध रुपले कार्यालय सञ्चालन नै गरेर कारोबार गरेको रहस्य समेत खुल्न पुगेको छ ।
विराटनगर औद्योगिक एवं व्यावसायिक क्षेत्र भएकाले हुण्डी कारोबारीहरुको लागि उर्वर भूमि भएको कुरा जानकारहरुको भनाइ छ । यो दुगड समूहले पछिल्लो समय गोल्छा समूहसँग हुुने भारतीय जुुटका कारोबारीबीच सामीप्यता बढ्दै गएपछि हुण्डीको कारोबारबाट राम्रै मुनाफा हुुने देखेपछि आफ्नो पुुरानो चाइनिज सामानको कारोबार नै छाडेको कुरा स्रोतले बताएको छ । यो समूहसँग विराटनगर भन्सारमा भन्सार एजेन्टका रुपमा कार्यरत एक विवादित भन्सार एजेन्ट समेतको संलग्नता रहेको रहस्य पनि स्रोतले खोलिदिएको छ ।
यो दुगड समूह अवैध हुण्डीको कारोबारमा प्रवेश गरेसँगै हुण्डीको सञ्जाल पछिल्लो समय विराटनगरमा व्यापक हुुनथालेको थाहा भएको छ । स्रोतले दिएको जानकारीअनुसार यो दुगड समूहले कर्मचारी समेत राखेर अवैध हुण्डी कारोबारलाई निर्बाध रुपमा सञ्चालन गरेको बताइएको छ । जसले गर्दा विराटनगरको हुण्डी कारोबारमा ओम दुगड, दर्शन दुगड र योगेश दुुगड पछिल्लो समय हुुण्डी कारोबारको विवादमा तानिएसँगै विराटनगर हुण्डी कारोबारीका लागि सुरक्षित स्थल भएको कुरा बताउन थालिएको छ ।