काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा चार करोड ९५ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले नाफा पाँच करोड ३२ लाख चार हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी १४ करोड ७९ लाख छ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ८१ करोड २२ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुइ अर्ब २४ करोड ८० लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड १२ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ६६ लाख ८७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ९१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ६८ करोड ३६ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९८ करोड १५ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ६९ लाख ६८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ६६ लाख ३६ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २८ प्रतिशत रहेको थियो ।