काठमाडौँ । सेयर बजार परिसुचक पुन: ओरालो लागेको छ । अघिल्लो दिन ४४ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने पुन २७ दशमलव १६ अंकले ओरालो लागेर १८ सय ७१ दशमलव २२ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३६ बिन्दुले ओरालो लागेर तीन सय ६६ दशमलव ८४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३३ वटा कम्पनीहरुको १७ हजार आठ सय ७६ पटक सेयर कारोबार भएको छ । जसबाट ३१ लाख ५५ हजार छ सय ९५ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम ९७ करोड १७ लाख ६७ हजार सात सय १४ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव १२ अंकले उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।