काठमाडौं । माइखोला जलविद्युत् कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्नको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १९ करोड २१ लाख ५६ हजार आठ सय रुपैयाँबराबरको १९ लाख २१ हजार पाँच सय ६८ कित्ता साधारण सेयरको जारी गर्नको लागि बोर्डका आवेदन दिएको हो । उक्त कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट अनुमति पाएलगत्तै कम्पनीले सर्वसाधारणको लागि सेयर बिक्री आह्वान गर्ने तयारी गरेको छ ।