काठमाडौं । सेयर बजार परिसुचक पुनः ओरालो लागेको छ । अघिल्लो दिन २७ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार बजार परिसुचक पुन १६ दशमलव छ अंकले ओरालो लागेर १८ सय ५५ दशमलव १६ अंकमा झरेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले ओरालो लागेर तीन सय ६३ दशमलव ६३ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट १२ हजार दुई सय ९२ पटकको कारोबारमा १७ लाख ६७ हजार छ सय ९२ कित्ता सेयर कारोबार हुंदा कुल कारोबार रकम ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ रुपैंयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक बढेका छन् भने १० वटा उपसमुहहरुको सुचक घटेका छन् ।