काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा नौ करोड ८६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाले १० करोड ३४ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा दुई अर्ब ५५ करोड ८४ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब पाँच करोड २५ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३५ करोड ३९ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ५० लाख ४७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३२ प्रतिशत रहेको छ । अघिल्लो आवमा भने संस्थाले दुई अर्ब १२ करोड २७ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६० करोड १५ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ९८ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ४३ लाख ३३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव १४ प्रतिशत रहेको थियो ।