काठमाण्डौँ,फागुन १९
सेञ्चुरी कमर्सियल बैंकले समुुदायसँग बैंक विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । शाखा कार्यालय धुलिखेलमा बैंकले आफ्ना स्थानीय सेयरधनी, जनप्रतिनिधि र बैंकिङ पहँुचबाहिर रहेका ग्राहकहरूका लागि समुदायमा बैंकसम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको हो । कार्यक्रम धुलिखेलस्थित चेयर्स लाउञ्ज बारमा धुलिखेल नगरपालिकका संस्थापक नगरप्रमुख, साबिक अरनिको डेभलपमेण्ट बैंकका संस्थापक अध्यक्ष एवं होटल व्यवसायी बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सेञ्चुरी बैंकले हालै मात्र सञ्चालनमा ल्याएको बीमाको सुविधासहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जासम्बन्धी जानकारी शाखा प्रबन्धक दिपक ढुंगानाले गराएका थिए । साथै सेञ्चुरी प्लस खातामा बीमा सुविधासम्बन्धी जानकारी आईएमई जनरल इन्स्योरेन्स बनेपाका मार्केटिङ ट्रेनी साजन सुवालले गराएका हुन् । साथै बैंकको लगानीमा सञ्चालनमा रहेको सेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका अधिकृत सरोजा फुयालले सेयर लगानीसम्बन्धी सचेतना र पोर्टफोलियो व्यवस्थापनको सम्बन्धमा जानकारी गराएका थिए ।
बैंकको बचत सुविधासम्बन्धी वरिष्ठ गायक रामहरि न्यौपानेले गीतमार्फत प्रस्तुत गरेका थिए । बचत सुविधासम्बन्धी ग्राहकहरूको जिज्ञासाको समाधान बैंकका प्रमुख बजार अधिकृत शेखरराज बस्ताकोटी र कर्जासम्बन्धी ग्राहकहरूको जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रविणकुमार दाहालले गरेका थिए । कार्यक्रममा धुलिखेल अस्पतालका स्कुल अफ मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजु, जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र काभ्रेका अधिकृत राजकुमार हुमागाईं, धुलिखेल नगरपालिका लेखा अधिकृत डिबि बस्नेत, धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरू, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजू सहकारीकर्मी जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलगायत सेयरधनी र सेवाग्राहीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व बैंकका प्रमुख बजार व्यवस्थापक शेखरराज बस्ताकोटीले गरेका थिए भने कार्यक्रम सञ्चालन धुलिखेल शाखाका बजार व्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए । बैंकले हाल देशभर एक सय ३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटीममार्फत सेवा पु¥याउँदै आएको छ । काभ्रे जिल्लामा बैंकले सबैभन्दा बढी सातवटा शाखा कार्यालय साँगा, नाल्दुम, नगरकोट, नाला, बनेपा, पनौती, धुलिखेल र दोलालघाटबाट ग्राहकवर्गमा अब्बल दर्जाको वित्तीय सेवा प्रदान गर्दै आएको छ ।