काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नैं सेयर बजार परिसुचक ओरालो लागेको छ । आज बजार परिसुचक नौं दशमलव ६९ अंकले ओरालो लागेर १८ सय ६० दशमलव ९४ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव ४२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १६ हजार सात सय ७६ पटकको कारोबारमा २५ लाख ७४ हजार सात सय ८५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का आज कारोबार भएका कुल उपसमुहरु मध्ये दुई वटा उपसमुहको सुचक उकालो लागेर बाँकी ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।