काठमाडौँ । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज मङ्गलबार सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।