काठमाडौं । इन्फिनिटी लघुत्ति वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १५ करोड दुई लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १२ करोड ६० लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा एक अर्ब ४१ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९० करोड ७२ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड ५९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७३ लाख ७५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ८७ करोड ४३ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १८ करोड ७४ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ५० लाख दुई हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३३ लाख ३४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २७ प्रतिशत रहेको थियो ।