काठमाडौं । खल्तीबाट मेट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँ नगद फिर्ता पाइने भएको छ । ‘खल्ती’ले मेट लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि अफर उपलब्ध गराएको हो । सो अफरअनुसार प्रयोगकर्ताहरूले एक हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । साथै दुई भाग्यशाली बिजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्टब्याण्ड पनि प्राप्त गर्नेछन् ।
यो अफर डिसेम्बर ३१, २०२२ सम्म लागू हुनेछ । प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास्ब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् । मेट लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’बाट रकम भुक्तानी गर्नको लागि ‘खल्ती’ एप लगइन गरी इन्स्योरेन्स आइकनमा ट्याप गर्ने, मेट लाइफ इन्स्योरेन्स सेलेक्ट गर्ने पोलीसी नम्बर र डीओबी भर्ने अनि अब सम्पूर्ण विवरण दाखिला गरी प्रोसिड टु पेमा क्लिक गर्नुपर्नेछ ।
यसबाहेक पनि मेट लाइफ इन्स्योरेन्स बीमा गरेको ग्राहकले मेट लाइफ इन्स्योरेन्स साइटमा गएर सम्पूर्ण विवरण दाखिला गरेपछि पेमेन्ट अप्सनको रूपमा खल्ती छनोट गरी भुक्तानी गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।