काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक २०७८–०७९ मा दुई करोड १० लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड २३ लाख सात हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ करोड ५८ लाख रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा २६ करोड ९४ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गररी एक अर्ब ३० करोड ५८ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ९० लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच लाख २० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ५५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले १९ करोड ९९ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ७१ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।