काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ६६ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन एक दशमलव ३८ अंकले ओरालो लागेर १८ सय ४४ दशमलव १४ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव शुन्य नौं अंकले उकालो लागेर तीन सय ६३ दशमलव पाँच बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अर्न्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १७ हजार दुई सय ९६ पटकको कारोबारमा १५ लाख ४६ हजार आठ सय ५७ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।