काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का काठमाडौं, क्षेत्र नं ४, प्रदेश “क” अन्र्तगतको प्रदेश सभा सदस्य उम्मेदवार बनेका रिद्धी प्रताप ज.ब.राणाले देशमा देखिएका सबै किसिमका बेथितीको अन्त्यको लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचार संहितालाई अक्षरस पालना गर्दे नक्साल लगायतका क्षेत्रका मतदाताहरुसंग भेटघाट गर्दे उनले यस्तो बताएका हुन । देशमा अहिले सबै क्षेत्रमा बेथिती छ, यो बेथितीको बिरुद्धमा लडेनौं भने, आवाज उठाएनौं भने, कसरी आर्थिकरुपमा समृद्ध, सुशासनयुक्त, स्वाधिन मुलुक बन्छ ? यो मुलुक बनाउनको लागि पनि युवाहरु उठ्नै पर्छ, जुट्नै पर्छ, त्यसैको लागि मैले उम्मेदवारी दिएको हुं उनले भने । देश छोड्ने रहर कसैलाई हुंदैन, घर परिवार छोड्ने रहर कसैलाई हुंदैन । बाध्यता र बिवशतामा पेलिएका लाखौं नेपाली युवाहरु अहिले बिदेशीएका छन । मुठीभरको केही पैसाको लागि परिवार देश छोडेका छन, अर्थात भनौं छोड्न बाध्य गराईएका छन, आफ्नो जीवनको ऊर्जाशिल समय अरु देशको सेवा गर्न बाध्य भएका छन् । आमनेपाली युवाहरुलाई आफ्नै देशमा रोजगारी दिनुपर्छ, तालिम दिनु पर्छ, स्वरोजगार बनाउनु पर्छ । यो राज्यको दायित्व हो, यो दायित्व पुरा गराउनको लागि राज्यलाई घच्घचाउनु पर्छ, राज्यको जिम्वेवार निकायमा बसेका व्यक्तिको कानमा चर्को संग कराउनु पर्छ, सडकमा मात्र कराएर यहाँ केही हुंदो रहने छ । त्यो आवाजलाई बुलन्द बनाउन निणार्यक तहमा पुग्ने पर्ने रहेछ, त्यसकै लागि मैले उम्मेदवारी दिएको हुं । यो अभियानमा तपाईहरु सबैले साथ दिनुहोस, उनले भने ।