काठमाडौं । नेपाल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८१ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा ३५ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ५९ करोड ७३ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब चार करोड ५१ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ८७ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८१ प्रतिशत स्प्रेड दर रहेको फाइनान्समा वितरणयोग्य नाफा भने दुई करोड ५८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ५२ करोड ५९ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९५ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा २७ दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४९ प्रतिशत रहेको थियो ।