काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४१ लाख दुई हजार नौ सय ९६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवका साही अवधिमा फाइनान्सको यस्तो नाफा ३९ लाख ७२ हजार दुई सय ४५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९५ करोड ८६ लाख ७५ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा छ अर्ब ३० करोड ७६ लाख ८२ हजार नौं सय ३२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब सात करोड ३५ लाख १२ हजार दुई सय पाँच रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ९४ लाख १८ हजार छ सय १८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ९८ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने चार करोड २९ लाख ५२ हजार दुई सय ६३ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ४० करोड १४ लाख २९ हजार दुई सय ३४ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब नौ करोड २० लाख ८२ हजार नौ सय ४४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड १० लाख ३६ हजार नौ सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६८ प्रतिशत रहेको थियो ।