काठमाडौं । सेन्ट्रल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९३ लाख ६६ हजार तीन सय ११ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ३६ लाख ४८ हजार चार सय ६६ रुपैयाँ रहेको छ ।
हाल चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार चार सय ५९ रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा पाँच अर्ब ९९ करोड ७१ लाख १५ हजार चार सय ६७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६३ लाख २९ हजार एक सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड २७ लाख ३४ हजार चार सय ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८९ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने दुई करोड ५४ लाख दुई हजार तीन सय ६६ रुपैैंयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब आठ करोड ९४ लाख ६० हजार नौ सय ३० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब एक करोड ३८ लाख ३० हजार पाँच सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ४३ लाख ६१ हजार ४९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव तीन प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८९ प्रतिशत रहेको थियो ।