काठमाडौं । सिन्धु विकास बैंकको खुद मुनाफा घटेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २१ लाख ५८ हजार आठ सय २९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको खुद मुनाफा ६६ लाख ६९ हजार पाँच सय ९४ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार ६७ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा चार अर्ब ७० करोड ६६ लाख ५८ हजार चार सय ५२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७१ करोड १६ लाख ३१ हजार छ सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चा करोड ५७ लाख ३८ हजार दुई सय २९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८२ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने चार करोड चार लाख ४५ हजार दुई सय ५९ रुपैयाँले ऋणात्मक रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब ७८ करोड ५७ लाख ७० हजार एक सय २० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५६ करोड ४४ लाख ८६ हजार छ सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ७० लाख ५२ हजार नौ सय ३४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा छ दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५६ प्रतिशत रहेको थियो ।