काठमाडौं । लुम्बिनी बिकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सात करोड १० लाख २९ हजार तीन सय ४५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा २१ करोड ३१ लाख ६४ हजार छ सय ३४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार पाँच सय ११ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिमा ४३ अर्ब ४२ करोड ६१ लाख ९४ हजार पाँच सय एक रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ७१ करोड ४५ लाख ६२ हजार एक सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४५ करोड ५९ लाख ७० हजार सात सय ३२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ७० प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ४० करोड २१ लाख ५४ हजार चार सय २४ रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले ४२ अर्ब ८७ करोड ३९ लाख ७७ हजार पाँच सय ९२ रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ७० करोड सात लाख ५६ हजार छ सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३३ करोड ३६ लाख ६२ हजार सात सय २२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव शून्य चार प्रतिशत रहेको थियो ।