काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले १६ दशमलव ५१ प्र्रतिशतले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पछिल्लो पटक बसेको सञ्चालक समितिको पछिल्लो बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजीको १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पछिल्लो तीन वर्षयताको सबैभन्दा बढी हो । प्रस्तावित नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा बैंकल ४८ करोड १८ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । चुक्ता पुँजी नौ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको बैंकले पछिल्लो अवधिमा एक खर्ब ७२ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब २१ करोड ८३ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।