काठमाडौं । नेपाल धितोपत्र बोर्डले तत्कालको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) र धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)को अनुमति प्रक्रिया रोक्का गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि बोर्डले सूचना जारी गर्दैै तत्कालको लागि लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको हो ।
कात्तिक १५ गते अर्थात् मंगलबार एक सूचनाका प्रकाशित गर्दै बोर्डले अर्को निर्णय नहुँदासम्म लाइसेन्सका लागि आवेदन लिने र थप काम कारबाही नहुने जानकारी दिएको हो । बोर्डले असोज दुई गते एउटा स्टक एक्सचेन्ज, दुईवटा कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो ।